Sagun Khabar
भारतमा रेल दुर्घटना : २ सय ३३ जनाको मृत्यु 

भारतमा रेल दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई सय ३३ पुगेको छ । यस्तै ९ सय जति घाइते भएको अनुमान गरिएको बीबीसीले जनाएको छ । 

भारतको ओडिसा राज्यको बालासोर जिल्लामा गएराति रेल दुर्घटना भएको हो । चेन्नाइबाट हाउडाको लागि गइरहेको कोरोमंडल एक्सप्रेस ट्रेन एक मालगाडीसँग ठोक्किँदा दुर्घटना भएको बताइएको छ । 

Atrya hospital

भारतका रेल मन्त्री अश्विनी वैष्णव आफै दुर्घटना क्षेत्रमा पुगेका छन् । उनले ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रतिपरिवार दश लाख रुपैयाँ दिने घोषणा गरेका छन् । यस्तै गम्भीर घाइते भएकाहरुलाई दुई लाख रुपैयाँ तथा सामान्य घाइते भएकाहरुलाई पचास हजार रुपैयाँ प्रदान गर्ने उनले बताए । 

दुर्घटनामा घाइते भएका एक सय ३२ यात्रीको गोपालपुरको एक अस्पतालमा उपचार भइरहेको ओडिसाका मुख्य सचिव प्रदीप जेनाको भनाइलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । यस्तै थप ४७ घाइतेलाई बालासोरका मेडिकल कलेजमा भर्ना गरिएको छ ।
 

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  ०७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update