काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू सभापतिमा रहेर काम गर्ने कार्यकाल यो नै अन्तिम रहेको बताएका छन् । उनले भने, ‘मैले पार्टी सभापति भएर काम गर्ने यो अन्तिम पटक हो’।
शनिवार आज नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले आफ्नो सभापतिमा रहेर काम गर्ने कार्यकाल यो नै अन्तिम रहेको भन्दै अब युवा पुस्ताकै पालो भएको बताए ।
उनले आफूले नेपाली कांग्रेसलाई अहिले देशको ठूलो पार्टी बनाएको भन्दै आफूले सहयोग मात्रै गर्ने बताए । साथै उनले कसैको विरोध गरेर पार्टी ठूलो नबन्ने बताए । उनले कुनै एक व्यक्तिलाई गाली गरेर पार्टी ठूलो नबन्ने बताएका हुन् ।
उनले पार्टीको लागि काम गरेर पार्टीलाई बलियो बनाउन कसैले पनि नरोकेको दाबी गरे । उनले पार्टी बलियो बनाउन नागरिकको काँधमा काँध मिलाइ जनसम्पर्क विस्तार गर्नुपर्ने बताए ।
सभापति देउवाले सबै एकजुट भएर लागेमात्रै पार्टीलाई बलियो बनउन सकिने बताए ।