Sagun Khabar
धनगढीमा खाल्डो खन्ने क्रममा च्यापिएका एकजनाको मृत्यु 
Atrya hospital

कैलाली –धनगढीमा खाल्डो खन्ने क्रममा च्यापिएर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका मायाराम चौधीको घर नजिकै सेप्टी टंकीको खाल्डो खन्ने क्रममा बिष्णु चौधरीको मृत्यु भएको हो । 

कैलारी गाउँपालिका–२ का २७ वर्षीय चौधरी माटोको ढिस्कोले च्यापिएर घाईते भएका थिए । घाइते चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा आइतवार राति मृत्यु  भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।    
 

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  ०८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update