कैलाली –कैलालीमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ९ वनखेतकी ३४ वर्षीया रंगादेवी बोहराको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको हो । उनी मंगलवार बिहान माटोको ढिस्कोमा पुरिएर घाइते भएकी थिइन् ।
शिवशंकर सामुदायिक वनमा माटोको ढिस्कोमा पुरिएकी बोहराको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
घटनाको विषयमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८० १८:५४
प्रतिक्रिया दिनुहोस्