Sagun Khabar
सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुने
Atrya hospital

कैलाली –सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बुधवार प्रस्तुत गर्ने भएको छ । बुधवार दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा अगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहले जानकारी दिए ।

प्रदेश प्रमुख देवराज जोशीले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सरकारले अगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्न १५ दिन अगावै नीति तथा कार्यक्रम ल्याउनुपर्ने भएपनि सुदूरपश्चिममा भने ढिलो गरी नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी भएको । 

सदनमा प्रस्तुत हुने नीति तथा कार्यक्रमका आधारमा प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्नेछ ।
 

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  ०९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update