कैलाली –कैलालीको धनगढीबाट एक फरार प्रतिवादी घरबाटै पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–१ का ३० वर्षीय बलबहादुर धामीलाई बुधबार पक्राउ गरेको हो ।
जिल्ला अदालत कैलालीले २०७३ चैत १० गते धामीलाई लागु औषध मुद्दामा ८ महिना ११ दिन कैद र पाँच हजार जरिवाना तोकेको थियो । तर उनी अहिले सम्म फरार रहेका थिए ।
धामीलाई आज घरबाटै पक्राउ गरी अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८० १५:२७
प्रतिक्रिया दिनुहोस्