Sagun Khabar
धनगढीमा भन्सार छलीका सामग्रीसहित एकजना पक्राउ 

कैलाली –धनगढीमा भन्सार छलीका सामग्रीसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उप–महानगरपालिका–३ पक्की कुवाबाट विशालनगरका २० वर्षीय हरीश बडाललाई भारतबाट भन्सार छलीगरी ल्याएका सामानसहित नियन्त्रणमा लिएको हो । 

उनको साथबाट ८० हजार बराबरको सुर्ती, लेडिज कुर्तीहरु फेलापारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

Atrya hospital

यस्तै जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बुधवार धनगढीका अन्य २ स्थानबाट पनि भन्सार छलीका सामान बरामद गरेको छ । धनगढी उप–महानगरपालिका ३ मिलनचोकमा भारतबाट भन्सार छलीगरी ल्याएका पानीपुरी, तिल, नमकिन, सोडा, चिनी लगायतका सामान बरामद गरेको प्रहरीले जनाएको छ । 

७ हजार ५ सय मुल्य बराबरको उक्त सामान बेवारीसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । 

यस्तै धनगढी उप–महानगरपालिका ३ बडरामा भारतबाट भन्सार छलीगरी ल्याएका प्लाष्टिक झिल्ली, फाईबर झिल्ली, चिनी, बिष्कुट, नरिवल लगायतका सामान प्रहरीले फेला पारेको छ । १० हजार मुल्य बराबरका सो सामान बेवारीसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  ०९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update