Sagun Khabar
भारतको केरला आइपुग्यो मनसुन, नेपाल आइपुग्न कम्तीमा एकसाता लाग्ने

काठमाण्डौं –नेपालमा यो वर्ष मनसुन भित्रिने अनुमानित दिन भनेर जुन १३ तोकिएको छ । अहिलेकै अवस्थालाई गणना गर्ने हो भने मनसुन शुरु हु्न करिब एक साता वा त्यसभन्दा बढी समय लाग्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको अनुमान छ । 

बंगालको खाडीबाट मनसुनी न्यूनचापीय रेखा बिहीबार भारतको केरलामा आइपुगेको छ । त्यहाँबाट मनसुनी जलवाष्प नेपाल आउन करिब एक साता लाग्ने विभागले जनाएको छ । केरला आइपुगेको मनसुन नेपाल पुग्न केही दिन लाग्ने मौसमविद् सञ्जीव अधिकारीले बताए । 

Atrya hospital

मनसुन पुग्न ढिलो हुने भएपनि दुई दिन पश्चिमी वायु र स्थानीय वायुको प्रभावले देशका पहाडी भेगमा हल्का खण्डवृष्टि हुने जानकारी अधिकारीले दिए । 

मनसुन भित्रिन ढिला हुँदा नेपालको तराईमा तातो हावाको बहाव अर्थात् ‘लु’ चल्ने क्रम थप उच्च बनेको छ । नेपालको पूर्वदेखि पश्चिम तराईको भूभागमा तापक्रम उच्च बन्दा जनजीवनमा गम्भीर असर पर्न थालेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update