Sagun Khabar
बन्दकर्ताले मन्त्रीको गाडीमा मोबाइल हानेपछि...
Atrya hospital

कैलाली -कैलालीको धनगढीमा गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै बन्द गराउँदै हिँडेका ५ जना समातिएका छन्।

अर्थमन्त्री नरेशबहादुर शाहीको गाडीमा मोबाइल हानेको भन्दै ५ जना बन्दकर्तालाई प्रदेशसभा भवन बाहिरबाट प्रकाउ गरिएको प्रहरीले जनाएको छ।

गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आइतवार सुदूरपश्चिममा आमहड्तालको घोषणा गरिएको छ। 

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  ०८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update