कैलाली- कैलालीको गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै आइतबार गरिएको सुदूरपश्चिम बन्द साँझ ६ बजेदेखि खुलेको छ ।
बन्दका क्रममा सुदूरपश्चिमभर बिहानैदेखि लामो तथा छोटो दूरीका सवारी साधनहरू, उद्योग तथा कल कारखानाहरू बन्द थिए । गत माघ २९ गते सरकारले गेटालाई शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
नीति तथा कार्यक्रममा पनि सोही कुरा समेटिएको थियो । तर, बजेट वक्तव्यमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने र एक सय शय्याको अस्पताल सञ्चालन गर्ने भनिएपछि यस क्षेत्रका बासिन्दा आन्दोलित भएका हुन् ।
विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिका सहसंयोजक आनन्द भट्टले सोमबार प्रदेशसभा सदस्यहरुलाई प्रदेशसभामा जान रोक लगाइने कार्यक्रम रहेको बताए ।