बझाङ- बझाङको एक गाउँपालिकाले एकल पुरुषलाई भत्ता दिने भएको छ । जिल्लाको बित्थडचिर गाउँपालिकाले एकल पुरुषलाई पनि मासिक भत्ता दिने भएको हो ।
५० वर्षदेखि माथिका सामाजिक सुरक्षा भत्ताको दायरामा नआएका एकल पुरुषका लागि मासिक ५ सय भत्ता दिइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेशबहादुर बिष्टले जानकारी दिए ।
कार्यविधि निर्माण गरेर भत्ता उपलब्ध गराउन लागिएको उनले बताए । यो निर्णयले ५० वर्ष उमेर पूरा भएका झण्डै ६५ जना भन्दाबढी एकल पुरुष लाभान्वित हुने बताइएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८० ११:३४
प्रतिक्रिया दिनुहोस्