काठमाण्डौ – गृह मन्त्रालयले वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) योगबहादुर पाललाई छ महिनाका लागि निलम्बन गरेको छ ।
सहकर्मी महिला प्रहरीलाई दुर्व्यवहार गरेको आरोप लागेका पाललाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयले हिजो बिहीवार गृह मन्त्रालयलाई सिफारिस गरेको थियो ।
महेन्द्रनगरमा रहेको प्रादेशिक प्रहरी कार्यालयमा कार्यरत एक महिला प्रहरीले पालले आफूलाई दुर्व्यवहार गरेको भन्दै उजुरी दिएकी थिइन् । उजुरीलगत्तै पाललाई प्रहरी प्रधान कार्यालय बोलाएर छानबिन सुरु गरेको र छानबिन समितिको सिफारिसमा छ महिनाका लागि निलम्बन गरेको प्रहरी प्रवक्ता कुवेर कडायतले बताए ।
प्रकाशित मिति: शुक्रबार, असार १, २०८० १७:५६
प्रतिक्रिया दिनुहोस्