कैलाली – कैलालीमा भन्सार छलीका २ लाख बढीका सामानसहित मोटरसाईकल फेला परेको छ ।
जिल्लाको भजनी नगरपालिका–५ हलुवाघाट जंगलमा भारतबाट भन्सार छलीगरि ल्याएका जुता, चप्पल, प्लाष्टिक पाईप अन्दाजी १ लाख ६१ हजार ५० मुल्य बराबरको सामान फेला परेको छ । शनिवार इलाका प्रहरी कार्यालय भजनी र इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले सामानसहित मोटरसाईकल बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।
सामानसहित से.४ प.१४१२ नम्बरको मोटरसाईकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यस्तै कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरको पछाडी गल्लीमा भन्सार छलीगरी ल्याएका ५७ हजार ६ सय बराबरको एसी १ थान बरामद गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शनिवार दिउसो बेवारिसे अवस्थामा फेलापारी नियन्त्रणमा लिएको जनाएको छ ।