Sagun Khabar
पोखरा महानगरपालिकामा पनि भारतीय चलचित्र प्रदर्शनमा रोक 

काठमाण्डौ – पोखरा महानगरपालिकाले पनि आजदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ । 

भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देश नहटाएसम्म भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाएको महानगरपालिकाले जनाएको छ । 

Atrya hospital

पोखरा महानगरका मेय धनराज आचार्यले महानगर भित्रका हललाई भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउन पत्राचार गरेका हुन् । यसअघि काठमाण्डौ महानगरपालिकाले आजदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको थियो । 

काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनअनुसार आजदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लागेको हो । आपत्तिजनक सन्देश नहटाएसम्म भारतीय सिनेमा प्रदर्शनमा रोक लगाउने महानगरपालिकाले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  ०९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update