Sagun Khabar
सुदूरपश्चिम सरकारको बजेट बहुमतले पारित 

कैलाली –प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र एमाले ओली समूहको असहमतिका बीच सुदूरपश्चिम प्रदेश सरकारको बजेट सोमबार पारित भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि ल्याएको ३० अर्ब ३३ करोड बराबरको बजेट सोमबार बिहान बसेको प्रदेशसभाको बैठकबाट बहुमतले पारित भएको हो ।

गत असार १ गते प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए । बजेट माथिको छलफलका क्रममा सत्तारुढ दल नेकपा एमाले र माओवादी केन्द्रकै सांसदहरुबाट विरोध भए पनि अन्ततः अर्थमन्त्री शाहले प्रदेश सभाबाट बहुमतले बजेट पारित गराएका हुन् ।

Atrya hospital

सत्ता पक्षकै सांसदहरुले ‘विचौलियाहरुसँगको सेटिङमा ल्याइएको बजेटले प्रदेशको समृद्धि हासिल नगर्ने भन्दै संशोधनको माग गरेका थिए । सभामा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री शाहले सोमबार उक्त आरोपबारे गम्भीर असहमति रहेको बताएका छन् ।

शाहले वार्षिक कार्यक्रम पुस्तिकामा त्रुटीका कारण दोहोरो परेका, नाम र ठेगाना फरक परेका योजनाहरु सच्याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति: सोमबार, असार १४, २०७८  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update