कैलाली –सालको काठसहित ६ ओटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । कैलालीको चुरे गाउँपालिका १ चोट्टे भन्ने स्थानबाट सालको काठसहित ट्रक नियन्त्रणमा लिइएको हो ।
डोटीको बडिकेदार गा.पा.२ स्थित हरियाली सामुदायिक वन र जनमुखी सामुदायिक वनबाट सालको काठसहित ट्रक कैलाली गइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय विपीनगर डोटीबाट खटिएको प्रहरी टोलीले सालको गोलिया लोड गरिएका छुट पूर्जी नभएका ट्रकहरुलाई बुधबार साँझ नियन्त्रणमा लिइएको हो ।
ना ५ ख ८००७, ना ४ ख ८३१९, लु २ ख ५१०३, सु.प.प्र.०१००१ ख २९९६, ना ७ ख २६१५ र से १ ख १५७४ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि लानाकेदारेश्वर सव डिभिजन बन कार्यालय बिपिनगर डोटीमा बुझाईएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असार ७, २०८० ०९:०७
प्रतिक्रिया दिनुहोस्