काठमाण्डौ – आज कोशी, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
दिउँसोको समयमा भन्दा राति ठूलो पानी पर्ने अनुमान गरिएको मौसमविद् सञ्जीव अधिकारीले बताए । यी प्रदेशका केही ठाउँमा दिउँसो हल्कादेखि मध्यम तथा राति भने ठूलो पानी पर्ने सम्भावना रहेको उनले बताए ।
यस्तै, आज पश्चिमी क्षेत्रमा पनि हल्का पानी पर्ने अनुमान गरिएको छ । अहिले नेपालको पूर्वी तथा मध्य क्षेत्रमा मनसुनी प्रणालीको प्रभाव परेको छ भने बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायुको असर रहेको मौमसविद् अधिकारीले बताए ।
यस्तै, पश्चिमी क्षेत्रमा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय क्षेत्रको पनि असर रहेकाले आज हल्का वर्षाको अनुमान गरिएको मौसमविद्ले बताएका छन् ।
प्रकाशित मिति: बिहीबार, असार ७, २०८० १०:०३
प्रतिक्रिया दिनुहोस्