कैलाली –राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेश समितिले प्रथम स्थापना दिवस मनाएको छ । धनगढीमा बिहीवार एक औपचारिक कार्यक्रम गरेर प्रथम स्थापना दिवस मनाएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सुदूरपश्चिम प्रदेश सभापति प्रकाश बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता खगराज भट्ट प्रमुख अतिथि रहेका थिए ।
गत वर्ष असार ७ गते रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएको थियो । गत मंसिरमा प्रतिनिधि सभाको निर्वाचनबाट मुलुकको चौथो ठुलो राजनीतिक दलका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको छ ।
सुदूरपश्चिममा पार्टीले संगठन विस्तारमा तिव्रता दिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सुदूरपश्चिम प्रदेश समितिका महासचिव भोजराज जोशी (क्वालिटी)ले जानकारी दिए ।