कैलाली –कैलालीको धनगढी र कञ्चनपुरको बेलौरीबाट भन्सार छलीका सामग्री बरामद गरिएको छ ।
शुक्रबार साँझ धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट करिब तीन हजार मुल्य बराबरका चिनी, सुर्ती, बिडी लगायतका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटबाट करिब ७ हजार मुल्य बराबरका भन्सार छलीका सामग्री बरामद गरिएका छन् । सडकघाटबाट भन्सार छलीको गहुँ बरामद गरिएको ईलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, असार ९, २०८० १४:११
प्रतिक्रिया दिनुहोस्