Sagun Khabar
दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु 
Atrya hospital

दाङ –दाङमा चट्याङ लागेर दुई जना मृत्यु भएको छ । शनिबार साँझ साढे ६ बजे परेको चट्याङ लागेर दंगीशरण गाउँपालिका– ६ बागरका ३२ बर्षीय समीर केसी र वडा नं. ३ चखौराका ३७ बर्षीय रामनारायण चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

चट्याङ लागेर घाइते भएका उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।

केसी घाँस काट्न गएको बेला र चौधरी बारीमा तरकारी टिप्न गएको बेला चट्याङ लागेको गौतमले बताए । दुबैको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका राखिएको छ ।
 

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update