Sagun Khabar
धनगढी उपमहानगरको बजेट एक अर्ब ९३ करोड 

कैलाली –सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । उपमहानगरपालिकाले एक अर्ब ९३ करोड ८ लाख २४ हजार दुई सय १८ रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।  आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि उपमहानगरपालिकाले अनुमानित बजेट दशौं नगर सभाबाट सार्वजनिक गरेको हो । 

उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले चालु तर्फ एक अर्ब १७ करोड ४४ लाख ९७ हजार ६३ र पुँजीगततर्फ ७८ करोड ६५ लाख २७ हजार एक सय ५५ गरी कुल एक अर्ब ९३ करोड ८ लाख २४ हजार दुई सय १८ रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेकी छन् । 

Atrya hospital

उपहानगरपालिकाले आन्तरिकतर्फ ३५ करोड ४३ लाख ३० हजार दुई सय १८, राजश्व बाँडफाँडतर्फ ४६ करोड ९७ लाख ९४ हजार, संघीय सरकारको अन्तर सरकार वित्तीय हस्तान्तरणतर्फ ९२ करोड ५० लाख, प्रदेश सरकारको अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ ५ करोड ३२ लाख १२ हजार र दायित्व सरी आएको १२ करोड ५० लाख बजेटलाई आयतर्फ विनियोजन गरिएको छ ।

त्यस्तै क्षेत्रगत कार्यक्रम अन्र्तगत आर्थिक विकासतर्फ ९ करोड ६५ लाख ९३ हजार ८ सय १७, सामाजिक विकासतर्फ ८५ करोड ३६ लाख ५ हजार दुई सय २२, पूर्वाधार विकासतर्फ ३६ करोड ८३ लाख ७४ हजार एक सय ९४, सुशासनतर्फ ५ करोड ६५ लाख ५५ हजार ५९, कार्यालय सञ्चालनतर्फ ५५ करोड ५६ लाख ९५ हजार ९ सय २६ विनियोजन गरिएको छ ।
 

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १४:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update