काठमाडौँ - रास्वपा सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।लामिछानेले अनधिकृत नागरिकता त्यागेको निस्सा पेस नगरी नेपाली नागरिकताको प्रतिलिपि दिइनु गैरकानूनी भएको जिकिरसहित अधिवक्ता युवराज सफलले सर्वोच्चमा अन्तरिम आदेशको माग गरेका थिए ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल रहेको संवैधानिक इजलासलेसंवैधानिक इजलासले रिट खारेज गरेको हो ।
प्रकाशित मिति: बुधबार, असार १३, २०८० १७:४९
प्रतिक्रिया दिनुहोस्