Sagun Khabar
आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै
फाइल फोटो

काठमाण्डौ – आज हरिशयनी एकादशी  । हरेक वर्ष असार शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारिन्छ ।

एक महिनाअघि जेठ शुक्ल एकादशीका दिनमा राखिएको दलको बिरुवा आज तुलसीको मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।

Atrya hospital

असार शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो । 

भगवान विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मास पनि भनिन्छ । यस वर्ष भने साउन महिनामा अधिकमास परेकाले पाँच महिना हुने भएको छ । एक वर्षमा २४ वटा एकादशी पर्छ । यस वर्ष भने अधिकमासका दुईसमेत गरी २६  वटा एकादशी परेका छन् । 

वैज्ञानिकरुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रुपमा समेत प्रयोग गरिन्छ । तुलसीको मोठ भएका ठाउँमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत गरिन्छ ।
 

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  ०७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update