Sagun Khabar
अहिलेको सत्ता गठबन्धन भत्किँदैन : मन्त्री साउद 

डडेल्धुरा – परराष्ट्रमन्त्री एनपी साउदले अहिलेको सत्ता गठबन्धन नभत्किने बताएका छन् । शनिबार डडेल्धुरामा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले बजारमा आएको हल्लाअनुसार एमालेसँग मिल्ने कुनै सम्भावना नरहेको प्रष्ट पारेका हुन् । 

‘नेपाली कांग्रेसलाई पुस १० गतेको घटना हेक्का रहेकै छ । हामीले इतिहासबाट पाठ सिक्नुपर्छ त्यसकारण अहिले एमालेसँग नेपाली कांग्रेसको संयुक्त सरकार बन्ने कुनैपनि सम्भावना रहेको छैन’ उनले भने । उनले प्रतिपक्षका मागलाई अधिकतम सम्बोधन गर्ने प्रयास गरेको बताए।

Atrya hospital

उनले पहिलोपटक भारतसँग कुटनैतिक रुपमा कालापानी तथा लिम्पियाधुरा क्षेत्रको समस्याका बारेमा कुरा अगाडि बढाइएको समेत बताए । 

केही समयअघि भएको प्रधानमन्त्रीको भारत भ्रमणका बेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले त्यो समस्या समाधानबारे सकारात्मक जबाफ दिएको मन्त्री साउदले बताए । उनले भने ‘भारतका प्रधानमन्त्रीले पहिलोपटक सीमा लगायतका मुद्दाहरु वार्तामार्फत समाधान गरिनेछ भनेर भन्नुभएको छ । सीमा समस्या हल हुने बिषयमा हामी विश्वस्त भएका छौं ।’

साथै उनले भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले कञ्चनपुरका सीमावर्ती क्षेत्रका नागरिकलाई दिइरहेको दुःखका बारेमा पनि भारतीय पक्षलाई जानकारी दिएको बताए ।

उनले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पालादेखि प्रक्रिया थालिएको डडेल्धुराको शिर्ष र बैतडीको झुलाघाटमा निर्माण हुने पक्की पुलको काम ६ महिनाभित्र सुरु हुने बताए । उनले भने, ‘ती दुवै स्थानमा पुल बने व्यापारिक नाकाको विकास हुनेछ । यहाँ विकास हुनेछ ।’
 

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update