Sagun Khabar
सुदूरपश्चिममा ५० प्रतिशत रोपाँई सम्पन्न 
Atrya hospital

बैतडी –सुदूरपश्चिम प्रदेशमा ५० प्रतिशत रोपाई सकिएको छ । प्रदेश कृषि निर्देशनालय दिपायलका अनुसार मंगलबारसम्म ५० प्रतिशत रोपाई सकिएको हो । प्रदेश कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीका अनुसार बैतडीमा ४५ प्रतिशत रोपाँई सकिएको छ । जिल्लामा ९ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । सिँचाई सुविधा नभएका ठाउँमा रोपाँई गर्न बाँकी रहेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । 

कृषि निर्देशनालयका अनुसार दार्चुलामा ६२ प्रतिशत रोपाँई सम्पन्न भएको छ भने कैलालीमा ५५ प्रतिशत रोपाँई सम्पन्न भएको छ । यस्तै डडेल्धुरामा ६० प्रतिशत रोपाँई सम्पन्न भएको छ । 

यस्तै बाजुरामा ५५, अछाम,बझाङ र डोटीमा ४५ प्रतिशत रोपाँई सम्पन्न भएको छ । र कञ्चनपुरमा भने ३७ प्रतिशत धान रोपाँई सम्पन्न भएको कृषि निर्देशनालयले जनाएको छ । सुदूरपश्चिममा एक लाख ८५ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असार १५, २०७८  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update