Sagun Khabar
बैतडीमा ट्याक्टर दुर्घटना, दुई जना घाइते 
Atrya hospital

बैतडी –बैतडीमा ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । सडक मर्मतको काम गरिरहेको ट्याक्टर पाटन नगरपालिका ४ ठाँड नजिकै सडकको नालीमा पल्टिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । 

पाटन तर्फ गईरहेको सु.प.प्र.०१००२ त ५३३५ नम्बरको ट्याक्टर सडक नालीमा पल्टिँदा बैतडीको पाटन नगरपालिका ४ का २७ बर्षीय सीता महरा र कैलालीको चुरे गाउँपालिका ५ खानीडाँडाका २३ बर्षीय गगन राना घाइते भएका छन् । 
घाइते दुवैलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार पछि थप उपचारका लागि धनगढी लगिएको प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्था समान्य रहेको बताइएको छ । 

ट्याक्टर चालक कैलालीको गोदावरी नगरपालिका ९ का ३२ बर्षीय नारायण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । ट्याक्टर मंगलबार दिउँसो ३ बजेतिर दुर्घटनामा परेको बताइएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असार १५, २०७८  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update