Sagun Khabar
बैतडीमा संक्रमितको संख्या फेरी बढ्दै, मंगलबार थप १० जनामा कोरोना पुष्टि 

बैतडी –बैतडीमा कोरोना संक्रमितको संख्या फेरी बढ्न थालेको छ । पछिल्लो दुई दिन यता कोरोना निको हुने भन्दा संक्रमितको संख्या बढेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । मंगलबार बैतडीमा थप १० जनामा कोरोना पुष्टि भएको छ ।

डिलाशैनी गाउँपालिकाका ४, दशरथचन्द नगरपालिकाका ३, पुर्चौंडी नगरपालिका र दोगडाकेदार गाउँपालिकाका थप एक÷एक जनामा कोरोना पुष्टि भएको छ । यस्तै मुगुका एकजनामा पनि कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या शून्य रहेको छ ।

Atrya hospital

जिल्लामा अहिले ७९ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये पाटन नगरपालिकामा ३६ जना, दशरथचन्द नगरपालिकामा १४ जना, डिलाशैनी गाउँपालिकामा ९ जना, दोगडाकेदार गाउँपालिकामा ५ जना र शिवनाथ गाउँपालिकामा ५ जना रहेका छन् ।

यस्तै सुर्नया गाउँपालिकामा ३ जना, सिगास गाउँपालिकामा २ जना र पुर्चौडी नगरपालिकामा १ जना सक्रिय संक्रमित रहेका छन् । पुर्चौंडी नगरपालिकामा मंगलबार एकजनामा कोरोना पुष्टि भएसंगै मेलौली नगरपालिका बाहेकका सबै स्थानीय तहमा कोरोना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै बैतडीमा जिल्ला बाहिरका दुईजना सक्रिय संक्रमित रहेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, असार १५, २०७८  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update