बैतडी –बैतडीको दुर्गास्थान स्वास्थ्यचौकीमा स्वास्थ्य शिबिर सम्पन्न भएको छ । शिबिरमा अँखा , कान , नाक , दात लगायतका समस्या भएका २ सय बढी व्यक्तिले सेवा लिएका छन् । बिद्यालय उमेरका ब्यक्तिहरुलाई सेवा दिने उद्देश्यले संचालन गरिएको शिबिरमा जेष्ठ नागरिकहरुले समेत सेवा लिएको दुर्गास्थान स्वास्थ्यचौकीका प्रमुख गौरी चन्दले जानकारी दिए ।
स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा अहिलेसम्म जिल्लाको ६ ठाउँमा शिविर संचालन भई सकेको जनस्वास्थ्य निरीक्षक भुवन जोशीले बताए ।
जिल्ला अस्पतालका स्वास्थ्यकर्मी , आँखा अस्पताल पाटन र बैतडीका प्राबिधिक का साथै डेन्टल सर्जन डा. भुपेश जोशी लगायतको टीमले शिविरमा सेवा दिएको उनले बताए ।
प्रकाशित मिति: मंगलबार, असार १५, २०७८ १७:३८
प्रतिक्रिया दिनुहोस्