Sagun Khabar
भारतको सहयोगमा विद्यालय तथा क्याम्पस भवन निर्माण 

दैलेख –नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको १० करोड ८६ लाख रूपैयाँको लागतमा दैलेखमा तीनवटा विद्यालय भवनहरू र एक क्याम्पस भवन निर्र्माण गरिएको छ । 

नवनिर्मित भवनहरुको भारतीय राजदूतावासको विकास साझेदारी प्रभागका द्वितीय सचिव प्रशान्तकुमार सोना र जिल्ला समन्वय समिति, दैलेखका प्रमुख नमराज शाहीले संयुक्त रूपमा उद्दघाटन गरेका छन् । 

Atrya hospital

लालिकाँडास्थित मालिका उच्च माध्यमिक विद्यालय, बडाभैरवस्थित भैरव माध्यमिक विद्यालय, बडाखोलास्थित जगदीश माध्यमिक विद्यालय र रामपुरस्थित नारायण क्याम्पसको भवन नेपाल सरकारका सम्बन्धित स्थानीय तहहरुलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो । 

यी परियोजनाहरू भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको भारतीय राजदूतावासले जनाएको छ । यी विद्यालय र क्याम्पस भवनले त्यस क्षेत्रका विद्यार्थीलाई गुणस्तरीय शैक्षिक पूर्वाधार उपलब्ध गराई दैलेख जिल्लामा गुणस्तरीय शिक्षाको लागि उपयुक्त वातावरण सिर्जना गर्न मद्दत गर्ने विश्वास रहेको काठमाडौंस्थित भारतीय राजदूतावासको विश्वास रहेको छ । 

सन् २००३ यता भारतले नेपालमा ५४४ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेको छ जसमध्ये ४८० वटा परियोजना सम्पन्न भइसकेका छन् । यी परियोजनाहरूमध्ये दैलेखका ४ वटा गरी कर्णाली प्रदेशमा १४ वटा परियोजना रहेका छन् । 

यसका अतिरिक्त भारत सरकारले भारतको स्वतन्त्रता र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी तथा शैक्षिक संस्थालाई ९४० वटा एम्बुलेन्स र १८४ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरिसकेको छ । 
 

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update