Sagun Khabar
प्रधानमन्त्रीले राजीनामा दिनु हुन्न : प्रवक्ता शर्मा 
Atrya hospital

काठमाण्डौ – पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने सरकारले स्पष्ट पारेको छ ।

बिहीवार मन्त्रिपरिषद् बैठकको निर्णय सुनाइसकेपछि सञ्चारकर्मीले राखेको जिज्ञासामा सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्तो बताएकी हुन् । उनले यस विषयमा प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने जिकिर गरिन् । कार्यक्रममा प्रधानमन्त्रीले कुनै अन्यथा नबोलेको पनि उनको भनाइ छ ।

मन्त्री शर्माले यो विषय बेकारको विषय भएको भन्दै संसदमा उठाउनुपर्ने आवश्यकता नै नरहेको बताइन् । उनले प्रतिपक्षी दलका कारण सरकारले मिटरब्याजीविरुद्धको विधेयक संसदबाट पास गर्न नपाएको आरोपसमेत लगाइन् । 
 

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update