Sagun Khabar
बैतडीको रामेश्वर धाम धार्मिक अस्थाको केन्द्र बन्दै 
फोटो : पाटन ६ स्थित रामेश्वर धाम, तस्बिर : ललितसिंह बोहरा

बैतडी –बैतडीको पाटन नगरपालिका ६ स्थित रामेश्वर धाम धार्मिक आस्थाको केन्द्र बन्दै गएको छ । जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले रामेश्वर धाम भगवान शिवको रामेश्वर ज्योतिर्लिङ्ग भएको बताएपछि सो ठाउँमा भक्तजनहरुको संख्या बढ्दै गएको हो । 

पछिल्लो समयमा रामेश्वर धाममा विभिन्न भौतिक संरचनाहरुको निर्माण हुनुका साथै धार्मिक अनुष्ठानहरु समेत सञ्चालन हुन थालेपछि धार्मिक पर्यटकहरुको आस्थाको केन्द्र समेत बन्दै गएको पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताए । 

Atrya hospital

रामेश्वर धाममा प्रदेश सरकारको १० लाखको लागतमा नयाँ धार्मिक भवन समेत निर्माण भइरहेको रामेश्वर धाम संरक्षण समिति संयोजक रहेका उपप्रमुख बोहराले बताए । पाटन नगरपालिकाको ३ लाखको लगानिमा उक्त धाम सम्म पुग्नका लागि पिसीसी बाटो समेत निर्माण गरिएको उनले बताए । 

स्थानीय भक्तजनको करिब दुई लाखको लगानीमा स्नानघर समेत निमार्ण भइरहेको मन्दिर निर्माण समितिका अध्यक्ष रामसिंह विष्टले बताए । मानसखण्ड पुराणमा उल्लेख भएअनुसार पाटन नगरपालिका–६ को चौखुडामा रामेश्वरम् धाम पर्ने उल्लेख गरिएको जगद्गुरुको दाबी छ । 

पौराणिक नदी सरयु (सुर्नया) र रामगंगाको संगममा रहेको रामेश्वर धाममा माघ महिनामा स्नान गर्नेको भीड लाग्ने गरेको स्थानीय हरिदत्त जोशीले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update