बझाङ –बझाङको केदारस्युँ गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । कृषिजन्य सामग्री ढुवानी सहज बनाउने उद्येश्यले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । किसानले उत्पादन गरेको कृषिजन्य वस्तु, फलफुल तरकारी र रैथानेबालीहरुको आपूर्ति तथा बिक्रीवितरणको लागि गाँउपालिकाले ‘कृषि एम्बुलेन्स’ उपलब्ध गराएकोे हो ।
किसानहरुले उत्पादन गरेका कृषि उपजहरुलाई बजारमा पुर्याउनका लागि सहज होस भनेर कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको गाउँपालिका उपाध्यक्ष मनिषा धामीले बताइन् ।
यस्तै पालिकाभित्रका गर्भवती तथा आकस्मिक दुर्घटनाम परेकाहरुलाई समेत निशुल्क रुपमा गाडी उपलब्ध गराइने उपाध्यक्ष धामीले बताइन् ।
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८० ०८:४६
प्रतिक्रिया दिनुहोस्