Sagun Khabar
बैतडीमा जिप दुर्घटना, दुईजना घाइते 
Atrya hospital

बैतडी –बैतडीमा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । जिल्लाको दशरथचन्द नगरपालिका १ सतबाँझ खोलाबाट पानी भरेर ल्याउने क्रममा से १ ज ३७० नम्बरको जिप मंगलबार साँझ ६ बजेतिर दुर्घटनामा परेको हो ।

जिप दुर्घटनामा परी दशरथचन्द नगरपालिका १ का २० बर्षीय पुस्कर भाट र सोही ठाउँका ३८ बर्षीय हरिश टेर समान्य घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । 

जिप सडकबाट करीब १५ ÷२० मिटर तल खसेको छ । कच्ची सडकमा जिप अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ । जिपमा भने क्षति पुगेको बताइएको छ ।  
 

प्रकाशित मिति: मंगलबार, असार १५, २०७८  २०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update