Sagun Khabar
कैलालीको टीकापुर नगरपालिकामा तालाबन्दी 

कैलाली –कैलालीको टीकापुर नगरपालिकामा तालाबन्दी गरिएको छ । वडा नम्बर १ वनगाउँवासीले वडा विभाजनको विषयमा असहमति जनाउँदै बुधबार नगरपालिकामा तालाबन्दी गरेका हुन् ।

उनीहरुले नगरपालिकाको हालको वडा नम्बर १ लाई कम्तिमा ६ वटा वडा बनाईनुपर्ने माग राखेका छन्। नगरपालिकाले भने राजनीतिक दलको सहमति भन्दै वडा नं. १ लाई ५ वडामा विभाजन गर्ने तयारी थालेको छ ।  

Atrya hospital

९ वटा वडा रहेको टीकापुर नगरपालिकाले वडा नम्बर १ लाई ५ र वडा नम्बर २ लाई २ वटा वडामा विभाजनको तयारी गरिरहेको छ ।

वनगाउँमा थारु समुदायको बसोबास रहेको छ । उनीहरुले नगरपालिकाले आफूहरुलाई अल्पमतमा पार्ने षडयन्त्र अनुसार वडा विभाजनको काम अघि बढाउको आरोप लगाएका छन् । 
 

प्रकाशित मिति: बुधबार, असार १६, २०७८  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update