काठमाण्डौ – सोलुखुम्बुबाट काठमाण्डौका लागि उडेको मनाङ एअरको हेलिकप्टर सम्पर्कविहीन भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सोलुखुम्बुको सुर्केबाट ६ जना यात्रु बोकेर काठमाण्डौका लागि उडेको मनाङ एअरको एनए–एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १ मिनेटमा सम्पर्कविहीन भएको हो ।
सम्पर्कविहिन भएको हेलिकप्टरको खोजी कार्य जारी रहेको छ ।
प्रकाशित मिति: मंगलबार, असार २६, २०८० ११:३२
प्रतिक्रिया दिनुहोस्