अछाम –अछाममा भीरबाट लडेर एक किशोरीको मृत्यु भएको छ ।
जिल्लाको चौरपाटी गाउँपालिका–१ को देवल्छ्डाकी १५ बर्षीया अमृता साउँदको भीरबाट लडेर मृत्यु भएको हो । घर नजिकैको सामुदायिक वनमा घाँस काट्ने क्रममा लडेरको उनको मृत्यु भएको बताइएको छ ।
मृतक साउद सिउडी माध्यमिक विद्यालय चौरपाटीमा कक्षा ८ मा अध्ययनरत थिइन् ।
प्रकाशित मिति: बुधबार, असार २७, २०८० ०८:४३
प्रतिक्रिया दिनुहोस्