डोटी –डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको बडिकेदार गाउँपालिका–५ दुदिलाका अन्दाजी ६५ वर्षीय हर्कबहादुर बोहराको चट्याङ लागेर मृत्यु भएको हो । घर नजिकैको बारीमा बाख्रा चराउने क्रममा चट्याङ लागेर बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक युवराज भण्डारीले बताए ।
चट्याङ लागेर बोहरा सँगै ६ वटा बाख्रा पनि मरेका छन् ।
प्रकाशित मिति: बिहीबार, असार २८, २०८० १८:११
प्रतिक्रिया दिनुहोस्