काठमाण्डाै - सुनचाँदी अहिलेसम्मकै महँगाे भएको छ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर १ लाख १३ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
गएको जेठ १९ गते सुनको भाउ अहिलेसम्मकै उच्च १ लाख १३ हजार ३ सय रुपैयाँमा पुगेको थियो । हिजो तोलामा एक लाख १३ हजार एक सय रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढिरहेकाले नेपालमा पनि भाउ बढेको महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार भाउ अझै बढ्ने सम्भावना छ ।
यस्तै, चाँदी पनि आज अहिलेसम्मकै महँगाे भएको छ । चाँदीकाे भाउ तोलाको एक हजार चार सय ९५ रुपैयाँ पुगेको नपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८० ११:४७
प्रतिक्रिया दिनुहोस्