बझाङ -बझाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एक नेताले पत्रकारलाई अपहरण गरी कुटपिट गरेको घटना बाहिर आएको छ । रास्वपाका जिल्ला संयोजक नगेन्द्र खड्काले पत्रकारलाई अपहरण गरी बन्दी बनाइ कुटपिट गरेका हुन् ।
बझाङको सामुदायिक खप्तड आवाज र नेपाल एगल अनलाइनमा कार्यरत पत्रकार सुनिल मण्डेललाई घरबाटै सोमबार खड्काले अपहरण गरेका र होटल होलि डे इनमा लगेर कुटपिट गरेको पत्रकार मण्डेलको दाबी छ ।
खड्का स्वयं उक्त होटलका सञ्चालक हुन्। खड्काको निर्देशनमा मण्डेललाई अपहरण गरी आक्रमण गरेको भन्दै नेपाल पत्रकार महासंघ बझाङ शाखा र प्रेस चौतारी नेपाल बझाङले कारवाहीको मागसहित विज्ञप्ति जारी गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८० १२:०९
प्रतिक्रिया दिनुहोस्