बैतडी –बैतडीको प्रसिद्ध बालिचन मन्दिरको घेरपर्खाल निर्माण गरिएको छ । दशरथचन्द नगरपालिका ३ स्थित मन्दिरमा घेरपर्खाल निर्माण गरिएको बालिचन धार्मिक तथा सामाजिक क्षेत्र विकास कोषका अध्यक्ष धनबहादुर क्षेत्रीले बताए ।
स्थानीयहरुको सहयोगमा २६ मिटर लामो, झण्डै डेढ मिटर उचाई र आधा मिटर चौडाईको पर्खाल निर्माण गरिएको क्षेत्रीले बताए । स्थानीयहरुको अगाध श्रद्धास्थलको रुपमा रहेको बालिचन मन्दिरमा स्थानीयहरुको सहयोगमा घेरपर्खाल निर्माण गरिएको बालिचन मन्दिरका पूजारी केशवराज जोशीले बताए ।
स्थानीय भाट, क्षेत्री, रावत, मल्ल, भण्डारी लगायतका करियाहरुको सहयोगमा घेरपर्खाल निर्माण कार्य सम्पन्न गरिएको मन्दिरका भण्डारे तथा धामी दामबहादुर क्षेत्रीले बताए । स्थानीयहरुको श्रद्धा अनुसार नै मन्दिरमा घेरपर्खाल निर्माण गरिएको उनले बताए ।
यो क्षेत्रको शक्तिशाली देवताको रुपमा रहेको बालिचन मन्दिरमा जात्रा साथै नयाँ अन्न (न्वागी) चढाउने चलन समेत रही आएको क्षेत्रीले बताए । हरेक बर्ष श्रावण महिनामा समेत पूजाआजा गर्ने गरिएको छ ।
मन्दिरको संरक्षण तथा सम्वद्र्धनका लागि घेरपर्खाल निर्माण गरिएको बालिचन धार्मिक तथा सामाजिक क्षेत्र विकास कोषका अध्यक्ष धनबहादुर क्षेत्रीले बताए । मन्दिरको घेरपर्खाल निर्माणमा सहयोग गर्ने सबैलाई कोषका तर्फबाट धन्यवाद समेत दिइएको छ ।