Sagun Khabar
डडेल्धुराको अजयमेरुले आफ्नै गान र लोगो बनाउने 

डडेल्धुरा –डडेल्धुराको अजयमेरु गाउँपालिकाले आफ्नै पालिका लोगो र गान तयार गर्ने भएको छ । अजयमेरुको पहिचान झल्किने गरी गाउँपालिकाले लोगो र गान तयार गर्न लागेको पालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

पालिकाको आफ्नै गान र लोगो बनाउनका लागि प्रस्ताव आह्वान गरेको गाउँपालिका अध्यक्ष उमेश भट्ट (विकास)ले बताए । पालिकाको गान तथा लोगो निर्माणका लागि छुट्टाछुट्टै शिलबन्दी खाम पेश गर्न भदौ ११ गते सम्मको समय दिइएको उनले बताए । 

Atrya hospital

पालिकाको सामाजिक, आर्थिक, भौगोलिक, धार्मिक, ऐतिहासिक, भाषिक, साँस्कृतिक तथा पर्यटकीय मौलिक विशिष्टता झल्किने गरी पालिका गान तथा लोगो तयार गर्न खुला रूपमा आह्वान गरिएको पालिका उपाध्यक्ष वसन्ती पालले बताइन् ।
पालिकाको गान घटीमा ५० शब्द र बढीमा ६० शब्दको  हुनुपर्ने पालिकाले जारी गरेको सूचना उल्लेख गरिएको छ ।

लिकाको लोगो नेपालको राष्ट्रिय लोगोकै आकारमा गाउँपालिकाको मौलिक विशिष्टता झल्कने हुनुपर्ने र पालिकाको गान र लोगोको मूल्याङ्कन छनोट समितिबाट गरिने अध्यक्ष भट्टले बताए । 

रचनाकारले पालिका गान र लोगोमध्ये कुनै एक वा दुवै विद्यामा प्रतिस्पर्धा गर्न पाउने समेत उल्लेख गरिएको छ । 

Ajayameru1690458615.jpg

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update