बैतडी- समाजसेवी तथा व्यवसायी बिरसिंह रावलले जन्मदिनमा अनाथ आश्रमलाई खाद्यान्न सहयोग गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं ५ मोहना चोकमा रहेको श्रीकृष्ण प्रनामी सेवा धाम अनाथ आश्रममा व्यवसायी रावलले जन्मदिनको अवसर पारेर शुक्रबार खाद्यान्न सहयोग गरेका हुन् ।
उनले जन्मदिनको अवसर पारेर अनाथ आश्रममा दुई कट्टा चामल, पाँच किलो दाल, पाँच लिटर तेल, एक दर्जन लिचिको जुस, आधा÷आधा दर्जन कपडा धुने र नुहाउने सावुन र आधा किलो कपडा धुने सोडा अनाथ आश्रमलाई सहयोग गरेको बताए । अनाथ आश्रममा रहेका मिरा मातालाई उक्त खाद्यान्न तथा सरसफाइका सामग्री हस्तान्त्रण गरेको व्यवसायी रावलले बताए ।
केक काटेर तडकभडकका साथ जन्मदिन मनाउनु भन्दा परोपकार गरेर पुण्य कमाऔँ भन्ने सन्देश समाजमा प्रवाह गर्नका लागि आफुले अनाथ आश्रमका नानीबावूहरुलाई खाद्यान्न सहयोग गरेको उनको भनाई छ ।आफनो जन्मदिनमा अनाथ आश्रमका बालबालिकाहरुलाई सहयोग गर्न पाउँदा खुसी लागेको उनले बताए ।
दार्चुलाको लेकम गाउँपालिका घर भएका समाजसेवि रावल २०७० साल देखि कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणिमा बस्दै आएका छन् ।उनी होटेल व्यवसायीसंगै कृष्णपुर दुईमा रेडक्रसबाट सञ्चालित एम्बुलेन्सका चालक पनि हुन् । रावलको बाणिमा टिकटक होटेल एण्ड खाजा नास्ता पसल छ ।
पत्रकार नरेन्द्र महराका अनुसार कृष्णपुर ५ मोहनाचोकमा रहेको श्रीकृष्ण प्रनामी सेवाधाम अनाथ आश्रममा माता संगै पाँच बालिका र दुई बालक सहित ७ जना बालबालिका बस्द छन् ।