Sagun Khabar
देउडामा ‘भग्गा लिङ्ग’को चर्चा 

बैतडी –सुदूरपश्चिममा मनाइने गौरापर्व नजिक आएका बेला सार्वजनिक भएको साल्ली तथा ‘भग्गा लिङ्ग’बोलको गीत अहिले चर्चामा रहेको छ । गौराको समयमा गाइने साल्ली र देवीदेवताको गाथामा आधारित ‘भग्गा लिङ्ग’ एकै गीतमा समावेश भएपछि अहिले चर्चाको शिखरमा पुगेको हो । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता समेत रहेका समाजसेवी गणेशबहादुर चन्दको प्रस्तुतीमा १६ जना कलाकारको आवाजमा गीतको भिडियोसहित सार्वजनिक भएको हो । 

Atrya hospital

चर्चित गायक राजु परियारको समेत स्वर रहेको गीतमा लोकेन्द्रबहादुर चन्द (एलबी), गोपाल दयाल, धिरज चन्द, केशब चन्द, दशरथ मंगोला, पिके महता, बलदेब दयाल, ठकुरी तेजा र निर्मल साउदको आवाज रहेको छ ।

यसैगरी गायिका तर्फ करुणा दयाल, निरु देउवा, भावना चन्द, पार्वती बम, लक्ष्मी बोहरा र कपुर पन्तको पनि आवाज रहेको छ । 

सुदूरपश्चिमका विभिन्न मेला पर्वहरुमा देउडा खेल्दा प्रयोग हुने भाकामा तयार पारिएको गीत  शब्द सुरत नेगीले चयन गरेका हुन् । 

गितमा समाबेश गरिएको ‘भग्गा लिङ्ग’का शब्द गणेश दयालको रहेका छन् । म्यूजीक प्लस रेकर्डिङ स्टुडीयोमा गोपाल दयालले रेकर्ड गरेको गीतको एरेन्ज नारायण दंगालले गरेका हुन् भने मनोज परियारले मिक्सीङ गरेका छन् । गोपाल दयालको युुट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको छ । 

धिताल फिल्मस् प्रा.लिमा रोशन धितालले सम्पादन गरेको भिडियोको निर्देशन मिलन श्रोष्ठले गरेका छन् । बिशाल गोेम्जाले खिचिको भिडियोमा ठकुरी तेजा र करुणा दयालको सुन्दर अभिनय रहेको छ ।

सुदूरपश्चिको मौलिक भाषाको जर्गेना गर्ने उद्देश्यले गीत तथा भिडियो तयार पारिएको गायक दयालले बताए । पुरानो भाकासहित नयाँ रुपमा गीत सार्वजनिक भएपछि अहिले यसको निकै चर्चा भइरहेको छ । 
 

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  ०८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update