डडेल्धुरा –धनगढीस्थित सीपी अस्पतालको एम्बुलेन्स डडेल्धुरामा दुर्घटना भएको छ । से १ च १२२८ नम्बरको एम्बुलेन्स डडेल्धुरास्थित केआईसिंह राजमार्गको राइको मोडमा ब्रेक फेल भएर दुर्घटना भएको हो ।
अत्तरियाबाट शव बोकेर आइरहेको सो एम्बुलेन्समा चालक अर्जुन बोहरासहित ६ जना थिए । ब्रेक फेल हुँदा एम्बुलेन्स सडकबाट १० मिटर तल खसेको र सबै जना सकुशल रहेका प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, साउन १३, २०८० १७:३०
प्रतिक्रिया दिनुहोस्