कैलाली –कैलालीको धनगढीमा शनिबार राति एक पसलमा आगलागी हुँदा ठूलो क्षति भएको छ ।
धनगढी उपमहानगरपालिका–८ को अनामनगरस्थित जीएस अटो पार्टसमा आगलागी हुँदा ६० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट पसलभित्र रहेको ६० लाख बराबरको सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । विद्युतको तार सर्ट भएर लागेको आगो राति नै प्रहरी र स्थानीयले दमकलको प्रयोग गरेर नियन्त्रणमा लिएका थिए ।
उक्त अटो पार्टस कैलारी गाउँपालिका–४ का सुरज चौधरीले सञ्चालन गर्दै आएका थिए ।
प्रकाशित मिति: आइतबार, साउन १४, २०८० ०९:३५
प्रतिक्रिया दिनुहोस्