कैलाली –कञ्चनपुरको महेन्द्रनगरस्थित एक होटलमा संगै बसेका पुरुषको मृत्यु भएपछि उनीसंगै रहेकी महिला पक्राउ परेकी छन् । मृत्यु हुने र पक्राउ पर्ने दुबै जना धनगढीका बासिन्दा हुन् ।
मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–४ भगवती टोलका बस्ने ३७ वर्षीय विष्णु पनेरु रहेका प्रहरीले जनाएको छ । उनीसंगै होटलमा रहेकी धनगढी उपमहानगरपालिका–१४ फुलबारीकी ३२ वर्षीया सुुमि भनिने सुमित्रा सापकोटालाई प्रहरीले पक्राउ गरेको हो ।
महेन्द्रनगरको बसपार्क स्थित ट्राफिक चोक नजिकैको डिलाइट होटलमा शुक्रबार बेहोस भेटिएका पनेरुको शनिवार उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो ।
पनेरुको मृत्यु भएपछि सापकोटालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई बुझाएको डिएसपी कुलदीप चन्दले बताए ।
सापकोटालाई शनिबार कैलाली प्रहरीको सहयोगमा धनगढीबाट पक्राउ गरिएको उनले बताए । उनकाअनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।
धनगढीबाट महेन्द्रनगर संगै गएका उनीहरु राति महेन्द्रनगरको बसपार्क स्थित ट्राफिक चोक नजिकैको डिलाइट होटल बसेका थिए । जहाँ पनेरु बेहोस अवस्थामा भेटिएका थिए ।