Sagun Khabar
नागरिक उन्मुक्ति र नेपाल सद्भावना पार्टीबीच एकीकरण

धनुषा – नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको छ । आज आइतवार जनकपुरधाममा एक समारोहबीच दुवै पार्टीका वरिष्ठ नेताहरूले एकीकरण भएको घोषणा गरेका हुन् । 

एकीकरण कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवम् नेता रेशमलाल चौधरीले मधेसवादी दलहरूले आफूसँग धोखाधडी गरेको आरोप लगाए । उनले जनकपुर जान नदिनका लागि मधेसवादी नेताहरूले प्रतिबन्ध लगाउने निर्देशन पार्टी कार्यकर्तालाई दिएको बताए । नेता चौधरीले मधेसको आन्दोलनका लागि लड्दा आफू साढे आठ वर्षसम्म जेलमा बस्नुपरेको दाबी पनि गरे । 

Atrya hospital

एकीकरण कार्यक्रममा नेपाल सद्भावना पार्टीका महासचिव राजेन्द्र चौधरी र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारुलगायत दुवै पार्टीका केन्द्रीय, प्रादेशिक र जिल्लास्तरीय नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Resam1690715602.jpg

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update