रुकुम पश्चिम – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ७ को बाँसथलामा सुक्खा पहिरो खस्दा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् ।
आज आइतवार दिउँसो घारीखोलाभन्दा माथिको भिरालो ठाउँमा घाँस काट्ने क्रममा पहिरोसँगै खस्दा बाफिकोट–७ का ४४ वर्षीय कालीबहादुर खड्का र ४५ वर्षीया धनमाया खत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।
पहिरोमा परेर ४२ वर्षीया बलकुमारी खत्री घाइते भएका र उनलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले ल्याइँदै गरेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।
घाँस काट्ने क्रममा टेकेको ठाउँ भासिएर तीन जना पहिरोसँगै खसेकामा दुई जना ढुङ्गाले च्यापिएको अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, साउन १४, २०८० १८:४०
प्रतिक्रिया दिनुहोस्