सप्तरी – पोखरीमा डुबेर सप्तरीमा आज सोमवार दुई जना बालिकाको मृत्यु भएको छ ।
पोखरीमा डुबेर बोदेबर्साइन नगरपालिका– १ धनगढीका विद्यानन्द साहकी ८ वर्षीया छोरी किरन र वडा नम्बर ६ फुलकाहीका धनराज साहकी ८ वर्षीया छोरी शिवानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार भैँसीलाई पोखरीमा नुहाउन लैजाने क्रममा डुबेर दुवै बालिकाको ज्यान गएको हो ।
प्रकाशित मिति: सोमबार, साउन १५, २०८० १७:५५
प्रतिक्रिया दिनुहोस्