Sagun Khabar
डोल्पाको प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरीका १६ वटा सिँढी तोडफोड
Atrya hospital

डोल्पा – डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटमा रहेको प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी मन्दिरको सिँढी तोडफोड भएको छ ।

नचिनेको समूहले मन्दिरको दक्षिणतिर बनाइएको एक हजार आठ सिँढीमध्ये १६ वटा सिँढी तोफफोड गरेको हो । विभिन्न सरकारी निकायबाट सहयोग मागेर बनाइएका सिँढीका ढुङ्गाहरु हथौडा प्रयोग गरेर तोडफोड भएको अक्षयकोष विकास समितिका अध्यक्ष लक्ष्मीकान्त उपाध्यायले बताए ।

सिँढी किन र कसले फुटायो थाहा हुन नसकेको र अनुसन्धानका लागि सम्बन्धित निकायलाई आग्रह गरिएको उनको भनाई छ । यसअघि पनि यो मन्दिरका सिँढी तोडफोड भएका थिए । त्रिपुरासुन्दरी मन्दिर दर्शनका लागि देशविदेशबाट भक्तजन पुग्ने गरेका छन् ।
 

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update